पौरखी किसानः वार्षिक १ करोड आम्दानी

गरे के हुँदैन । इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गर्नुभएको छ सुनसरीको भोक्राहाका जब्बासा मियाले । भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किनुभएका जब्बासा यतिबेला भने आफैँ मालिक हुनुहुन्छ । इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थाल्नुभएका उहाँ तेस्रो वर्षमा खेती गरिरहनुभएको छ । जसले उहाँलाई करोडपति बनाइसकेको छ । मौसमी खेती गर्दै आउनुभएका उहाँले यतिबेला खेतमा काँक्रो र भान्टा फलाउनुभएको छ । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागशब्जीको उत्पादन बेच्न उहाँलाई भ्याईनभ्याई छ । उहाँले मासिक २० हजारसम्म तलव दिएर २० जना कामदारलाई रोजगारी समेत दिनुभएको छ । आफ्नो खेती र किसानी पेशामा दङ्ग उहाँ उब्जाउलाई बिस्तार गर्ने सोचमा हुनुहुन्छ । विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आमदानी गर्ने गरेको बताउनुहुन्छ । जसबाट घरखेत जोड्दै गएको उहाँले बताउनु भयो ।
जब्बासाले उत्पादन गरेको तरकारी अधिकांशजसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तरपनि उनी स्थानीय बजारमा भारतीय व्यापारीको रजार्इंका कारण उहाँ खुशी हुनुहुन्न । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मार्कामा पर्ने गरेको उहाँको दुखेसो छ । उहाँले सरकारसँग साना किसानहरुलाई पिनि हेरिदिओस् भन्ने अपक्षा राख्नुभयो ।

Spread the love