पौषमा पकाएर माघमा खाने पर्वःमाघे सङ्क्रान्ति

काठमाडौं। आज देशभर भर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रा न्तिपर्व मनाउँदै छन्।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिने गरेको पाईन्छ । माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन रहेको छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकारका साथै माटो मुनि फलेका तरुल, सखरखण्ड, इस्कुसको जरा, पिँडालु सँगै खिचडी आदि खाने चलन नेपाली समाजमा रहेको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने माघ महिनामा यस्ता परिकार खाने गरिएको हो । यी खाद्य परिकारले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्नुका साथै शरीरमा शक्ति प्रदान गर्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास रहेको छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
आजको दिनदेवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत स्थानमा माघ स्नान गर्ने भक्तजनहरुको घुइँचो लाग्नसाथै विशेष मेला समेत लाग्ने गर्दछ ।
तराई वासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। उनीहरुले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिलदान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्तहुने धार्मिक विश्वास छ । धर्म सिन्धु मा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दानन गर्ने, जलाशयमा गई स्नानन गर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगीहुने उल्लेख गरिएको।

Spread the love