प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलहरु

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभएकोछ ।

अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि नआएपनि प्रशारण लाइन निर्माण हुने सरकारले भनिरहेको प्रशंगमा उहाँले एमसीसी नभए स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्न गर्नुभयो । बजेट विनियोजन विधेयकमाथिको सामान्य छलफलमा उहाँले भन्नुभयो, ‘‘विचार गर्न नै कठिनाइ भयो । एमसीसी आएपनि÷नआएपनि प्रशारण लाइन बन्ने भन्नुभएको छ । तर आएन भने त्यो पैसा कहाँबाट ल्याउने ? संसदले नलिने निर्णय ग¥यो भने कुनै एउटा योजना काट्नुप¥यो के गर्ने ? पार्टीमा यो बहसलाई राजनीतिक व्यवस्थापन गर्न सक्नु भएन् भनेर तपाईको पार्टीको राजनीतिक लडाई संसदले व्यवहोरेर बस्नुपर्ने ? यो पैसा कहाँबाट आउँछ थाहा नपाएर हामीले बस्नुपर्ने ?’’

एमसीसी पारित नभए यो निर्माणका लागि आन्तरिक वा वैदेशिक ऋणबाट बनाउने की राजस्वबाट बनाउने भन्ने कुराको टुंगो लगाउन उहाँले आग्रह गर्नुभयो । स्रोत व्यवस्थापनको टुंगो नलगाई संसदको अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल नगर्न उहाँले आग्रह गर्नुभयो ।

सांसद देवेन्द कँडेलले विद्युतिय सवारी, डिजेल पेट्रोलमा बढाइएको करमा असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले सन् २०२० सम्म कुल सवारीको २० प्रतिशत सवारी विद्युतिय हुने घोषणा गरेपनि त्यो अनुसार अर्थमन्त्री अगाडी बढ्न नसकेको उहाँले बताउनुभयो । उहाँले पीएचडी गरेर आएका अहिलेसम्मका अर्थमन्त्रीहरुले उपलब्धिमुलक काम गर्न नसकेको बताउनुभयो । विदेशबाट पढेर आएपनि विद्धान अर्थमन्त्रीहरुले काम गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले जतिपनि डाक्टर भएका अर्थमन्त्री पायौँ उनीहरुबाट केही उपलब्धी पाएनौँ । हिजो डाक्टर नभएका अर्थमन्त्रीले ल्याएको बजेट उत्साहजनक थियो । तर विदेशमा पढेका डाक्टरहरुले काम गर्न सकेनन् । अहिलेका अर्थमन्त्री ज्यू कसैको आशिर्वादमा आउनुभयो उहाँले हामीलाइइ चिन्नुहुन्न् । उहाँको कृयाकलाप ठूला व्यापारी डिजेलमा भाउ बढाउने हवाई इन्धनमा भाउ नबढाउनेहरुका लागि ठिक छन् । तर ट्रयाक्टर चलाउने सर्वसाधारणका लागि यो उपयुक्त छैन् ।’’

सांसद उमा रेग्मीले पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो । संक्रमितको संख्या बढिरहेपनि सरकारले कोरोना नियन्त्रण भन्दा रक्षातिर बजेट बृद्धि गर्नुको पछाडीको रहस्य के हो ? भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्रीले कोही खाना नपाएर मर्दैनन् भनेपनि अहिले क्वारेन्टाइनमा रहेकाहरु खाना नपाएरै मरिरहको उहाँले बताउनुभयो । कृषि, पशुपालन क्षेत्रमा आत्मनिर्भर हुने गरी रोजगारीका अवशर सिर्जना गर्न सरकार चुकेको बताउनुभयो । सरकारले युवाहरु स्वदेशमै बसेर उद्यमी बनुन भनेर नचाहेको बरु खाडीमा गएर रेमिट्यान्स पठाउन भन्ने चाहाना देखिएको उहाँले बताउनुभयो । अर्थमन्त्री खतिवडालाई उहाँले महिला विरोधी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अर्थमन्त्री महिला विरोधी हुनुहुन्छ । अर्थमन्त्रीले हामीलाई जनप्रतिनिधिको हिसाबले नहेरेपनि हामीलाई जनताले हेरिरहेका छन् । उहाँ जनताबाट नआएको हुनाले केही जनताको विषयमा थाहा छैन् ।’’

महिलाका लागि कुनै प्याकेज बजेटमा नआएको उल्ल्ेख गर्दै उहाँले जेष्ठ नागरिकहरुको भत्ता ५ हजार पु¥याउछु भनेर किन ढाँट्नुभयो भन्दै प्रश्न गर्नुभयो । चारैतिरबाट सीमा अतिक्रमण हुँदा पनी पोष्टहरु नबढाउनुको पछाडी के रहस्य छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सांसद डिला संग्रौलाले कर्मचारीहरुको भत्ता कटौती गर्न सक्ने सरकारले राष्ट्रप्रमुखहरुको कटौती गर्न सक्छ की सक्दैन भनेर प्रश्न गनुभयो । आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुको भत्ता कटौती गर्दा प्रमुखहरुको कटौती गर्नुपर्छ की पर्दैन् भनदै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले विनियोजन गरिएका शीर्षकहरु अपारदर्शी, असन्तुलित र परम्परागत रहेको बताउनुनभयो । उहाँले सरकारले प्राथमिकता तोक्न नसकेको समेत बताउनुभएको छ । संघीयता विरोधी विनियोजन भएकोले यसले कोरोनापछि नेपाल छ भने आशा जगाउन नसकेको बताउनुभयो । बजेट जनउत्तरदायि भन्दा कार्यकर्तामुखि भएको उहाँले बताउनुभयो । देशमो संक्रमणको दर बढिरहेको अवस्थामा पनि पीपीआर परीक्षण बढाउनुको सट्टा आरडिटीलाई प्राथामिकता दिएर अनियमिता बढाएको आरोप उहाँले लगाउनुभष्यो ।

सांसद पार्वता डिसी चौधरीले कोरोनाको संक्रमण दिनप्रतिदिन बढिरहेका बेला सरकारले यसलाई प्राथाकितामा राख्न नसकेको बताउनुभो । आरडिटी परीक्षण सबै रद्द गरी पीसीआर परीक्षणका लागि बजेट विनियोजन गर्न उहाँले आग्रह गर्नुभयो । जनताको जीवनभन्दा ठूलो कार्यक्रम अरु केही हुन नसक्ने उल्लेख गर्दै उहाँले बजेट उपयुक्त ढंगले विनियोजन गर्न आग्रह गर्नुभयो ,। प्रधानमन्त्री क्षेत्र विकास कोष अन्तरर्गतको रकम कटौती नगरी सांसदहरुबीच नै अर्थमन्त्रीले विभेद गरेको उहाँले बताउनुभयो । सांसद लक्ष्मी परियारले बजेटले राम्रो आश्वासन बाँडेपनि नेताहरुको प्रचारका लागि ठिक्क भएको बताउनुभयो । स्वास्थ्य, शिक्षा क्षेत्रमा बजेट पर्याप्त हुन नसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट गतवर्ष दुरुपयोग भएको प्रशंग उल्लेख गर्दै उहाँले कार्यकर्ता पोस्ने बजेटले नेपाली समृद्ध हुन नसक्ने बताउनुभयो । बजेट गरिब जनताका लागि माटोको पर्खाल जस्तो भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘यो न चाट्न मिल्ने न खान मिल्ने । मेलम्चिको पानी साउनभित्र आउने भन्नुभएको छ । मेलम्चिको पानी बोतलमा भरेर ल्याउने हो । पाइपमा आउला भन्ने त मलाई लाग्दैन् ।’’

Spread the love