काठमाडौं । बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाले पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको हो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत विधेयक २०८० असोज १६ गते संसद्मा दर्ता गराएका थिए। संसदको अर्थ समितिले दफाबार छलफल गरेपश्चात तयार गरेको प्रतिवेदन गत भदौ २५ गते संसद्मा पेस गरेको थियो ।
आर्थिक मन्दीका कारण व्यवसायिक क्षेत्रमा समेत बैंकिङ कसुरको अत्याधिक असर परेपछि ऐन संशोधन प्रस्ताव गरिएको थियो ।