काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाइएका बिषयमा कार्यान्वयन गर्न योजना बनाउने बताएका छन् ।
शुक्रवार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले विगतमा आयोगको प्रतिवेदन दराज सजाउनको निम्ति प्रयोग हुने भन्दै यस पटकभने सुझाव कार्यान्वयनका निम्ति सरकारले काम गर्ने बताए ।
उनले थप अगाडि भने,‘विगतमा आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने अनुभव छ । यस पटक दराज सजाउनको निम्ति आयोग गठन गरेको थिएन । आयोगका सुझाव कार्यान्वयनका निम्ति थिए भन्ने स्थापित गर्न सरकारको अभ्यास रहनेछ ।’
उनले आयोगको सुधारका कामहरु निरन्तर अगाडि बढाइरहनुपर्ने ढृष्टिकोणमा सहमति भएको पनि बताए ।
यस्तै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले समग्र माग पक्ष कमजोर भएपनि अर्थतन्त्रका तत्कालका समस्या समाधान गर्न माग–पक्षीय नीतिहरू मात्र पर्याप्त नभएको आयोगको निष्कर्ष रहेको बताए ।
संरचनात्मक अवरोधलाई कमगर्दै आर्थिक अवसर सिर्जना गर्ने प्रोत्साहन गर्ने र अवसरमा सबैको पहुँच पुर्याउने दिशामा सरकारका नीति र कार्यक्रमहरू लक्षित हुनुपर्ने पनि उनले बताए ।