प्रदेश नं. ३ को प्रदेश सभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ । छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ आफ्नो धारणा राखेका छन् । सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकार अनुसार प्रदेशले राजधानी र नाम तोकोस भन्ने आग्रह गर्नुभयो । उहाले भौगोलिक सुगमता, औचित्य सामर्थ, सबै दृष्ठिकोणले १३ जिल्लामध्ये ३२ लाख जनखंख्या बसोबास गर्ने क्षेत्रले काभ्रे र १३ लाख जनसंख्याले हेटौडालाई नजिक ठान्ने बताउदै भौगोलिक सुगमता र सिंहदरबारको शासन जनताको विचमा ल्याउन काभ्रे उपयुक्त भएको बताउनुभयो । उहाँले १० जिल्लाले हामी छुट्टै राजधानी घोषणा गछौ भन्ने दिन आउन नदिन पनि काभ्रेमा प्रदेश राजधानी तोकिनुपर्ने बताउनुभयो ।
सांसद प्रेमबहादुर पुलामीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौंडा राजधानी तोकेकाले त्यसलाई नविगार्न माग गर्नुभयो । सांसद केशवराज पाण्डेले भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नुवाकोटामा आफ्नो भर भएर मात्र नभई काठमाडौंको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने बताउनुभयो । सांसद ओमबहादुर घलानले राजधानीका लागि बीचभाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने ? भन्दै प्रश्न गर्नुभयो । मकवानपुर भनेको सबै भन्दा बढी जातिको बसोबास भएको जिल्ला रहेको र सबैले हेटौडालाई नै मन पराएकाले हेटौडा नै राजधानी हुनुपर्ने बताउनुभयो । उहाँले हिजो रणनीतिक सामरिक महत्वको आधारमा अस्थायी राजधानी तोकिएकाले त्यसालाई नविगार्न आग्रह गर्नुभयो । सांसद राजेन्द्र गुरुङले प्रदेश सरकार हुँदै गर्दा नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही दिन नसकेको बताउँदै अव काभ्रेलाई प्रदेश राजधानी तोकेर जानुपर्ने बताउनुभयो ।
सांसद मुनु सिग्देलले संविधान अनुसार नै राजधानी तोकिन्छ । कसैको अधिकार कसैले हनन गरेको छैन् । त्यसैले दुई तिहाइ मतले मकवानपुरमा राजधानी तोक्न आग्रह गर्नुभयो ।
सांसद रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी राख्न २ वटा आधारहरु प्रस्तुत गर्नुभयो । उहाँले संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुने बताउनुभयो । उहाँले ६० लाख जनसंख्या मध्ये ४८ लाखले एक दिन यात्रा गर्दा मुस्किलले हेटौडा पुग्ने र १३ मध्ये १० जिल्लाले राजधानी नभेटाउने भएकाले काभ्रे उपयुक्त हुने बताउनुभयो । उहाँले प्रदेशको नाम बागमति राख्नु पर्ने समेत बताउनुभयो । सांसद विजुला बर्मा रानाले काभ्रेमा धेरै जनसंख्याको पायक पर्ने बताउनुयभो । नेकपाभित्र ५० यता ५० उता हुनुहुन्छ । त्यस्तै कांग्रेसको अन्तिम निर्णय सचिवालयको हुन्छ । केन्द्रीय सरकारले गरेको हस्तक्षेप सबैले सिर सिर निउ¥याएर स्वीकार गरेको आरोप लगाउँदै भावि सन्ततिका लागि पनि काभ्रे प्रदेश राजधानी उपयुक्त हुने बताउनुभयो । सांसद केशव प्रसाद पोखरेलले कार्यदलले विवरण मात्रै तोक्यो । एक दुई तीन भनेर तोक्न सकेन् । तीन नम्बर प्रदेशको जनसंख्यार्लाइ कसरी सम्बोधन गर्न सक्छौ ँ। त्यो विषयमा छलफल हुनुपर्ने बताउँदै सेवाग्राहीको प्रभावकारीता हेरेर निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले काभ्रे उपयुक्त हुने बताउँदै अझ गहन भएर सोच्न आग्रह गर्नुभयो ।