प्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयको कुलपति र सहकुलपति बनाउनुपर्ने सांसदहरूको प्रस्ताव

काठमाडौं । प्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयको कुलपति र सहकुलपति बनाउनुपर्ने प्रस्ताव सांसदहरूले गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उक्त प्रस्ताव गरेका हुन् ।
‘शहीददशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, माथि छलफल गर्ने क्रममा सांसदहरुले कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव गरेको एक सहभागिले बताए ।
‘शहीददशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री र सह कुलपतिमा शिक्षा मन्त्री हुने व्यवस्था गरिएको छ ।
विदेशमा प्राज्ञिक व्यक्तिले नेतृत्व गरेका विश्वविद्यालयले सफलता हासिल गरेको देखिएकोले कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई चयन गर्नु प्रभावकारी हुने सांसदहरुको तर्क छ । सांसदहरु माधव सापकोटा, चन्द्रबहादुर विश्वकर्मा, नारायणी शर्मा, दुर्गा राईलगायतले उक्त विधेयकमा संशोधन प्रस्ताव राखेका थिए ।
विश्वविद्यालयहरुमा प्रधानमन्त्री, कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था भएका कारण राजनीतिक हस्तक्षेप हुने गरेको शिक्षा विधहरुको गुनासो हुने गरेको छ ।

Spread the love