फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो ।
शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आइतबार चाँदी पनि १५ रुपैयाँले बढेको छ । शुक्रबार१ हजार ८४५ रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

Spread the love