एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नुहुनेमा यस बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता एम्बेसडर श्रेणीको खाता खोल्नुभएकी रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता केएमसी एम्बेसडर खोल्नुभएको पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता डाइमण्ड श्रेणीको खाता खोल्नुभएकी बिमला दाहाल हुनुहुन्छ । निज लाभदायीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।
यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,०६० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. २ करोड १० लाख, दुर्घटना बीमा वापत रू. ४० लाख र मेडिकल बीमा वापत रू. २ करोड ६१ लाख गरी कुल रू. ५ करोड ११ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ । बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकहरू सामू ल्याएको छ । यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूणर् रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

Latest posts by Business TV Nepal (see all)
- पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै - June 27, 2022
- वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने - June 26, 2022
- आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा - June 26, 2022
Comment here