बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगी व्यापारीहरुको चिन्ता

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगी व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारल सबै क्षेत्रलाई समेटेको भएपनि बजेटको कार्यान्वयन गर्न सक्ने वा नसक्ने भन्नेमा चुनौति रहेको उनीहरको धारणा छ । सरकारले जेठ १५ गते आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको थियो । नयाँ बजेट उद्योगी-व्यवसाय क्षेत्रका लागि राम्रो भएपनि कार्यान्वयन हुनेमा ढुक्क नरहेको उनीहरूको प्रतिक्रिया छ । उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले सरकारले बजेटमा उद्योगीहरुलाई मासिक १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योगलाई सहुलियत दिएको बताउनु भयो । तर १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योग नेपालमा न्यून रहेको उहाँको भनाइ छ ।
त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले नयाँ बजेट चुनावी बजेटका रूपमा आएको प्रतिक्रिया दिनुभयो । उहाँले सरकारले नयाँ बजेटमार्फत सबैलाई खुशी पार्न खोजे पनि सरकारसँग ढुकुटी नै नरहेको बताउनु भयो । उहाँले बजेट कार्यान्वयन गर्न कठिन रहेको जिकिर गर्नुभयो ।
उहाँले अहिले पाँच खर्बभन्दा बढी घाटाको बजेट आएको र राज्यले १८ खर्ब ऋण बोकेको अवस्था रहेको बताउनु भयो ।

Spread the love