काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले बजेट विनियोजनले सङ्घीयतालाई बलियो बनाउन नसकेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा उनले राज्यले पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी बजेट निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘शिक्षासम्बन्धी विकास हुनको लागि पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी प्रकृयाहरू अगाडि बढाउनुपर्छ । निश्चित रूपले उहाँहरूले पनि राज्यमा समानुपातिक साझेदारी पाउनुपर्छ । त्यसका लागि शिक्षा मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सङ्घीयतालाई मजबुत बनाउन शिक्षाको महत्वपर्ण भूमिका रहन्छ । शिक्षा मन्त्रालयअन्तर्गतको बजेट विनियोजनले सङ्घीयतालाई मजबुत बनाउन सक्दैन ।’
बजेट विनियोजनमा संविधान संशोधन हुन आवश्यक भएको उनको भनाइ छ । मन्त्री कुमारीले शिक्षा मन्त्रालयले पिछडिएका वर्गको हकमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here