काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् ।
शुक्रबार शिक्षा, स्वास्थ्यतथा सूचना प्रविधि समितिमा भएको राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका काम कारबाही, समस्या र भावी कार्यदिशा सम्बन्धि छलफलमा उनले मन्त्रालयको कुल बजेट एक अर्ब २० वा ३० करोडमा ६० करोड१० औं राष्ट्रिय खेलकुदको लागि छुट्टाएको भन्दै अन्य आयोजनाको लागि बजेट नभएको र नपुग्ने बताए ।
यसको साथै, उनले १० औं राष्ट्रिय खेलकुदको बारेमा छलफल भएपनि काम अगाडि बढ्न नसकेको बताए ।
सोही क्रममा राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले मंसिर २१ गते बसेको परिषद्को बैठकले चैत्र २३ देखि ३० गतेसम्म १०औं राष्ट्रिय खेलकुदको लागि मिति तोकेपनि काम नभएको बताए ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले १० औं राष्ट्रिय खेलकुद तोकिएको समय भित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन पनि दिएका छन् ।
