काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ६९ पैसा र बिक्री दर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १५९ रुपैयाँ २९ पैसा र बिक्री दर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८६ रुपैयाँ ७५ पैसा र बिक्री दर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १६९ रुपैयाँ ४६ पैसा र बिक्री दर १७० रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ०२ पैसा र बिक्री दर ९० रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ५२ पैसा र बिक्री दर १०१ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५२ पैसा र बिक्री दर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ७८ पैसा र बिक्री दर ३७ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
यसैगरी थाइ भाट एकको खरिद दर चार रुपैयाँ २३ पैसा र बिक्री दर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ४९ पैसा र बिक्री दर ३७ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ ४३ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ३६ पैसा र बिक्री दर २१ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५४ पैसा र बिक्री दर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४४९ रुपैयाँ ८२ पैसा र बिक्री दर ४५१ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिद दर ३६५ रुपैयाँ १८ पैसा र बिक्री दर ३६६ रुपैयाँ७७ पैसा, ओमनी रियाल एकको खरिद दर ३५७ रुपैयाँ ६१ पैसा र विक्री दर ३५९ रुपैयाँ १७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।