बन्यो प्रगतिशील र एकीकृतको संयुक्त प्यानल

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी मञ्चले संयुक्त रुपमा उम्मेदवारी दिने भएका छन् । यी दुइ संस्थाका पदाधिकारीबीच पटक पटकको छलफल पश्चात चुनावी तालमेल गरी संयुक्त रुपमा निर्वाचनमा जाने सहमति भएको हो । सहमति अनुसार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघले अध्यक्ष,महासचिव लगायत सदस्यहरू र एकीकृतले उपाध्यक्ष, सचिव लगायत केही सदस्यहरूमा उम्मेदवार दिने भएका छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले केही अघि नै अध्यक्ष र महासचिव लगायत केही सदस्यको उम्मेदवारी टुंगो लगाइसकेको थियो ।मञ्चले अध्यक्षमा नरेश गेलाल र महासचिव मा जनक रावललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सहमति पश्चात एकीकृत तर्फबाट उपाध्यक्षमा मधुकर रिजाल र सचिवमा अनिल बोगटीले उम्मेदवार दिने भएका छन् ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा अध्यक्षको उम्मेदवारलाई लिएर विवाद कायम रहँदै गर्दा मञ्च र एकीकृतले संयुक्त रुपमा निर्वाचनमा जाने निर्णय गरेका छन्।

Spread the love