माघ १७,काठमाडौं । काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।

समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना जारी गरेको हो । मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दापनि नदी र सडकबीचको किनारामा अनधिकृत रुपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताउनु भयो । उहाँले आईतबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ती नदी किनारामा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पार्नु भयो ।
सूचना अधिकारी अर्यालले ती नदी किनाराका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरुको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भईरहेको पनि जानकारी दिनु भयो । समितिका अनुसार थापाथली बागमती किनारामा मात्रै १४५ घरधुरी सुकुम्बासीबस्ती छ । त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायहरुसँग छलफल भईरहेको समितिले जनाएको छ ।

सो समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारामा अनधिकृत रुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरेको थियो । समितिका सूचना अधिकारी अर्यालले आज भन्दा १५ दिन अघि सो खण्डमा अनधिकृत रुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरिएको बताउनुभयो ।
समितिले बागमती नदीको शौन्दर्यमाथि आँच आउने अनधिकृत रुपमा बनेका सबै संरचनाहरु सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ
Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here