काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडी माथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतल निवास भत्काएर देखाऊभन्दै चुनौती दिए ।
उनले बालेनलाई च्यालेज गर्दै भने, ‘म बालेनलाई चुनौतीदिन चाहन्छु । हिम्मतभए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो नाजीवादशैली काठमाडौं मेयरको चल्दैन । यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ?मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको?’