बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा विद्युत व्यापार तथा आदानप्रदानका लागि सम्झौता हुने भएको छ ।
बिमस्टेक राष्ट्रहरुबीच बिम्स्टेक ग्रीड’ निर्माण गर्ने विषयमा समझदारी हुन लागेको परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । सम्मेलनका क्रममा सदस्य देशहरू बीच विद्युत प्रसारण लाइन (पावर ग्रीड) निर्माण गर्ने विषयमा सम्झौता हुने छ । यस अधि नेपाल र भारतबीच विद्युत आदानप्रदान तथा व्यापार सम्झौता (पिटिए) भइसकेको छ । गत महिना मात्रै नेपाल र बंगलादेशबीच समेत उर्जा सहकार्य सम्बन्धी सम्झौता भईसकेको छ ।
बिम्स्टेक ग्रीड निर्माण गर्ने सहमति कार्यान्वयन हुन सकेको खण्डमा नेपालमा उत्पादन हुने विद्युत भारत, बंगलादेश, म्यान्मार, हु“दै थाइल्याण्डसम्म पु¥याउन सकिन्छ ।
यस अघि सन् २०१६ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औ“ शिखर सम्मेलनमा सार्क ग्रीड निर्माण गर्ने र विद्युत आदानप्रदान गर्ने सम्बन्धी समझदारी भएको थियो । तर सार्क सम्मेलनमा उक्त समझदारी भएपनि २ वर्ष बितिसक्दा समेत समझदारीले मुर्त रुप लिन सकेको छैन् । बंगलादेशले नेपालबाट तत्कालका लागि ५०० मेगावट विद्युत लैजाने भनिएपनि कुन मोडालिटीमा विद्युत लैजाने भन्ने विषय अन्योलमा छ । सहमति कार्यान्वयन भएको खण्डमा त्यसले नेपाल, भुटानलगायत जलविद्युतमाा धेरै सम्भावना भएका मुलुकलाई फाईदा पुग्ने स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरा“गाई बताउछन् ।
तसर्थ सहमति गरिएपनि सहमतिको प्रभावकारी कार्यान्वयन नहु“दा केही समयमै ती विषयहरु यसै हराएर जाने गरेका छन् । अध्यक्ष गुरागाईले बिम्स्टेकका सदस्य राष्ट्रहरुले प्रसारण विषयमा समान अवधारणासाथ छलफल गरेर टुंगो लगाउनुपर्ने बताउछन् । सबै पक्षको हित हुने गरि विन–विन सिच्युएसनमा सबै सदस्य राष्ट्रहरुले सामुहिक प्रयास गरेको खण्डमा भविष्यमा अन्तरदेशीय ग्रीड सञ्चालन गर्न सकिने अध्यक्ष गुरागाईको बुझाई छ ।
यद्यपि अन्तरदेशीय प्रसारणलाईन सञ्चालनमा भारत कसरी प्रस्तुत हुन्छ त्यसले नै सम्झौता कार्यान्वयनको विषयको भविष्य निर्धारण गर्ने विज्ञहरु बताउछन् । भारतले समझदारीलाई कार्यान्यवन गर्न चासो देखाएको खण्डमा सम्झौता कार्यान्वयन हुने हु“दा नेतृत्व तहले यसलाई कार्यान्वयन गर्न बिमस्टेक तहमै विभिन्न संयन्त्रहरु बनाएर अघि बढ्न उर्जा विज्ञहरुले सुझाव दिएका छन् ।

Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here