बिहिबार नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ अंकमा

 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ११.१० अंकले घटेर २६५४.३५ अंकमा कायम भएको छ । नेप्से स“गै कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ८५ करोडको मात्र कारोबार भएको छ । बुधबार ९ अर्ब २० करोडको सेयर कारोबार भएको थियो ।
आज ८६ कम्पनीको मूल्य बढ्दा १५० कम्पनीको भने मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर छ ।
आजको दिन सबैभन्दा बढी कमाउने टप ५ कम्पनीमा सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सिक्लेस हाइड्रोपावर, सप्तकोशी विकास बैंक र धौलागिरि लघुवित्तका शेयरधनीहरुले सबैभन्दा बढी कमाएका छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने ५ कम्पनीहरुमा सुपर मादी हाइड्रोपावर लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र नेपाल फाइनान्स लिमिटेड रहेका छन् । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक अगाडी रहेको छ ।

Spread the love