आज बिहिवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय ५० रुपैयाँ तय भएको जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँ रहेको थियो ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here