बिहीबार सुनको मुल्यमा ९ सयले गिरावट

माघ १३ ,काठमाडौं । बिहीबार सुनको मुल्यमा ९ सयले गिरावट आएको छ । बुधबार प्रतितोला ९४ हजार ४ सयमा कारोवार भएको सुनको मुल्य बिहीबार प्रतितोला ९३ हजार ५ सयमा कारोवार भइरहेको छ । बिहीबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजारमा कारोवार भइरहेको छ ।

बिहीबार चाँदीको मुल्यमा १० रुपैँयाले गिरावट आएको छ । बुधबार प्रतितोला १ हजार ३ सयमा कारोवार भएको चाँदीको मुल्य बिहीबार प्रतितोला १ हजार २ सय ९० रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love

Comment here