बिहीवार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीवार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ ।
बिहीवार कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार कारोबार रकम भने बढेको छ । बुधवार ८२ करोड भन्दा माथिको मात्रै कारोबार भएको थियो ।
बिहीवार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत घटेको छ ।
नेप्से सामान्य गिरावट आएपनि ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here