असोज २१,काठमाडौं । बि.ओ.के क्यापिटल मार्केटको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार अध्यक्ष महेश मिश्रको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आ.ब. २०७७/७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम रु. ३ करोड ७८ लाख नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ ।
साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढ्यो - May 19, 2022
- दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - May 19, 2022
- अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्चतम बिन्दुमा - May 19, 2022
Comment here