बुधबार सेयर बजारमा उच्च गिरावट

 

बुधबार सेयर बजार उच्च अंकले घटेको छ । बुधबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंकले घटेर २७३९ अंकमा कायम भएको छ ।
नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भएको छ ।
बुधबार सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ क्षेत्र ३.१ प्रतिशतले घटेको छ भने विकास बैंक २.२ प्रतिशत, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटेको छ ।

Spread the love