मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा पश्चात निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ । पछिल्लो पाँच दिनको कारोबारमा १३५.८२ अंकले घटेको नेप्से परिसूचक बुधवारको कारोबारमा ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.८० अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको छ ।
बुधवार कारोबारमा आएका २६९ कम्पनीको ४७ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकम समेत बढेको छ ।
नेप्सेका १३ उपसमूहमध्ये बुधवार ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत उपसमूहको परिसूचक ३.८५ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतले बढेको छ । यता लघुवित्त उपसमूहको परिसूचकको १.३८ प्रतिशत घटेको छ ।
बुधवार नेप्से परिसूचक बढेसँगै ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । जसमा लिबर्टी इनर्जीको शेयरमूल्य ९.८०, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीको ९ प्रतिशतभन्दा बढी बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य ८.४० प्रतिशत बढेको छ । यता आदर्श लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधवार हिमालयन डिस्टिलरी कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here