बुधवार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा

मंगलवार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधवार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ । बुधवार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.५३ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक बढेको छ ।
बुधवार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधवार फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगथानीकर्ताको बढी आकर्षण देखिन्छ । विकास बैंक,माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ ।
नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको ०.५८ प्रतिशतले गिरावट आएको छ ।
बुधवार कारोबारमा आएका जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेष्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ ।
बुधवार शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Spread the love