काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच साइडलाइन वार्ता भएको भारतीय विदेश मन्त्री जयशंकरले ट्विटरमा जानकारी दिएका हुन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘नेपालका परराष्ट्र मन्त्रीसँगको छलफल राम्रो भयो। हाम्रो नेतृत्वले तयार पारेका सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्न मिलेर काम गर्न सहमत भयौं ।’
यसअघि गत वैशाखमा साउद र जयशंकरबीच बंगलादेशको राजधानी ढाका भेट भएको थियो।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here