काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ् सिस्टममा आएको अराजकता को बारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ् क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएकाछन् ।
उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरुको असर पनि धेरै ठाँउमा छ । यस्ता चुनौतीहरु भएपनि बैंकका साथिहरु खट्नु भएको छ । हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरुमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कतिठूलो छ । दिर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं । र यस विषयमा सरोकारवालाहरुसँग छलफल भईरहेको छ । यस्ता विषयहरु सधैँ रहदैनन् । समाधान हुदैँ जान्छन् ।’
यसको साथै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुदैँ गएको बताए ।
उनले भने, ‘समग्र रुपमा अर्थतन्त्रका आधारभूत कुराहरु एकदमै राम्रो देखिन्छन् । हामी बाह्य एक्षेत्रमा सबल छौ । मुद्रास्फीति पनि धेरै हदसम्म बढेको छ । पछिल्लो महिना बाढिपहिरोको कारण असर परेको हो जसका कारणखाद्य र पियपदार्थ तिरको मुद्रास्फीति बढेको छ । तर पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुनलक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ । बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थितछन् । बैंकहरु नाफा र रिकभर हुदैँछ।’
उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरु ऋायात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमताधेरै हुदाँ निरुत्साहित नहुन पनि आग्रह गरेका छन् ।