बैंक अफ काठमाण्डू  र The Sushi Bar Multi-Fusion Cuisine बिच सम्झौता

पुष २७,काठमाडौं ।  बैंक अफ काठमाण्डू  र The Sushi Bar Multi-Fusion Cuisine बिच सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले  The Sushi Bar Multi-Fusion Cuisine मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% छुट पाउने जनाइएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने  बैकले जनाएको छ ।

Spread the love