बैदेशिक रोजगार व्यवसायी एकता समाजले गर्यो स्वागत तथा बधाई

 

काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी एकता समितिले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा विजयी पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ ।आज बैदेशिक रोजगार व्यवसायी एकता समितिले काठमाडौँको सामाखुशी स्थित स्काई बेंक्वेटमा आयोजित एक कार्यक्रममा विजयी पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरी बधाई ज्ञापन गरेको हो । चैत २९ गते भएको निर्वाचनका अध्यक्ष भुवन सिंह गुरुङ, प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, उपाध्यक्ष तृतीय देवकुमार खोखाली, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल (वैभव),महासचिव महेश कुमार बस्नेत, सचिव कुन्छा दोर्जे दिङ्दोङ, कोषाध्यक्ष धनमाया सिजाली, सदस्यहरु हेमा गुरुङ र रमा खड्का, भरत सापकोटा विद्यालक्ष्मी बज्राचार्य, राजलामा, कृष्ण ढकाल, सुवर्ण लामा , देवीप्रसाद गिरी, रेखाशर्मा र सुजन राज पाण्डे विजयी भएका हुन्।
प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल (वैभव), कोषाध्यक्ष धनमाया सिंजाली, सदस्यहरु हेमा गुरुङ र रमा खड्का प्रगतिशील संयुक्त व्यवसायिक समूहबाट विजयी भएका हुन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेका केन्द्रीय सदस्य नैन सिंह महर र एकता समाजका अध्यक्ष हरि पाण्डेबाट प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा कांग्रेका केन्द्रीय सदस्य नैन सिंह महर,बैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्र पौडेल, गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायीमंचका अध्यक्ष धनलाल जैसी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र वैदेशिक रोजगार व्यवसायीहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
बेदेशिक रोजगार व्यवसायीएकता समाजले नयाँ वर्ष २०८२ को उपलक्षमा व्यवसायी तथा सम्पूर्ण महानुभावहरुमा शुभकामना व्यक्त गरेको छ ।

 

 

Spread the love
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको प्रमुख चुनौती रोजगारी रहेको बताएका छन्। शुक्रबार काठमाडौँको बसुन्धरामा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन्। कार्यक्रममा थापाले नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका नवनिर्वाचित अध्यक्ष भुवन सिंह गुरुङ लगायतका पदाधिकारी र सदस्यहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गरे । उनले निर्वाचनको प्रक्रिया समाप्त भइसकेकोले अब समग्र व्यवसायीहरुलाई समेटेर लैजान अध्यक्ष गुरुङलाई सुझाव दिए । उनले वैदेशिक रोजगार व्यवसायीलाई मर्यादित बनाउनुपर्ने र सँगसँगै नाफा पनि आर्जन गर्नुपर्ने चुनौती रहेको बताए । थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था रहेको बताएका छन् । उनले पूँजीवादी आर्थिक व्यवस्थाभित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् । उनले निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने बताए । ‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पूँजीवादी अर्थ व्यवस्था भित्र विचौलियाको ठाउँ हुदैन,’उनले भने ।