कार्तिक २९,काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले उदाहरण नै दिएर ‘क’ वर्गका सबै बैंकले प्रकाशन गरेका अधिकतम ब्याजदरको प्रतिशत १० प्रतिशतले बृद्धि गरी कायम हुने ९.३५ प्रतिशतसम्म मात्र अधिकतम ब्याजदर निर्धारण गर्न सक्ने निर्देशन जारी गरेको हो ।
निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने र आगामी महिनाको लागि निक्षेपमा लागु हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको हो । अब प्रकाशन गरिएको ब्याजदरमा बैंकहरुले बढाउन सक्ने छैनन् ।

इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कुल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here