भयरहीत रुपमा मतदान गर्न आम नागरिकहरुलाई सरकारको आग्रह

सरकारले स्थानीय तहको निार्वचनमा आम नागरिकहरुको भुमिका महत्वपूणर् हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूणर् हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो । सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसै योजना अनुसार सम्पूणर् सुरक्षा परिचालित भएको बताउनु भयो । उहाँले स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त,दुरुस्त सुरक्षा व्यवस्थापन गरेको बताउनु भयो । प्रवक्ता पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूणर्रुपमा सम्पन्न हुने विश्वा व्यक्त गर्नुभयो ।
प्रवक्ता पोखरेलले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढीरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्नुभयो । विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूणर् पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गर्नुभयो । । प्रवक्ता अधिकारीले सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखिएको जानकारी दिनुभयो । उहाँले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गर्नुभयो । भारतमा कोरोना संक्रमण बढेको भन्दै नेपाल आउने नागरिकहरु र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरुले सवस्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले भारतसँगको सीमा नाकाहरुमा हेल्थ डेस्क राखेको र आवतजावतलाई व्यवस्थित गर्न लागिपरेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूणर् जनस्वास्थ्यका मापदण्डको पूणर् पालना गर्नुपर्नेमा जोड दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी विभिन्न कार्ययोजना बनाइ सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले जनस्वास्थ्यका मापदण्डको सुनिश्चितता गर्न हरेक स्थानीइ मतदान केन्द्रमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने पनि जानकारी दिनुभयो । उहाँले अहिले स्वास्थ्य मन्त्रालय जोखिमको आँकलन गर्ने, निगरानी गर्ने, संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्ने र सम्बन्धित सबै निकायहरुसँग समन्वय गरी आवश्यक तयारीका लागि सर्वसाधारणहरुलाई खोप लगाउन बाँकी व्यक्तिलाई खोप लगाउने, जनस्वास्थ्यका मापदण्ड उल्लंघन नहुने खालको वातावरण बनाउन सबैलाई आह्वन गर्ने र बुझाउने कुराहरुमा स्वास्थ्य मन्त्रालय लागिरहेको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम बढीरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम भएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले स्थानीय निर्वाचनबाट कोरोनाको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गरेर सबै नागरिकहरु यसप्रति सजग भइ संवेदनशील व्यवहार गर्न पनि आग्रह गर्नुभयो ।

Spread the love

Comment here