भष्ट्राचार गरेको आरोप प्रमाणित गर्न श्रम मन्त्री रामेश्वर राय यादवले दिए चुनौति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भष्ट्राचार गरेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकहरुमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री यादवले आफुलाई भष्ट्राचारको आरोप लगाउनेले प्रमाणित गरेर देखाउनुपर्ने बताउनुभएको हो । उहाँले वैदेशिक रोजगार ऐन संशोधन गर्ने विषयमा विभागिय मन्त्रीले भष्ट्राचार गरेको आरोप लगाइएको भन्दै प्रमाणित गर्न चुनौति दिनुभएको हो ।

वैदेशिक रोजगार ऐनमा दुई वर्षमा लागतार १ सय जना कामदार पठाउन नसक्ने व्यवसायलाई खारेज गर्ने उल्लेख रहेको र उक्त व्यवस्थालाई कोभिड १९को असरका कारण पठाउन नसक्ने अवस्था आउने भन्दै संशोधन गर्न कार्यदल गठन गरी काम सुरु गरेको विषयमा आफुलाई व्यवसायीहरुसँग रकम लिएर संशोधन गर्न लागेको आरोप लगाइएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौति दिनुभएको हो ।
उहाँले आफ्नो राजनीतिक जीवनमा कुनैपनि बेला भष्ट्राचारमा संलग्न भएको प्रमाणित गर्न सके आफ्नो जीवन दाउमा राख्ने र राजनीतिक सन्यास लिने बताउनुभयो । मन्त्री यादवले सरकारले विपन्न, बेरोजगार व्यक्ति तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र श्रम स्वीकृति लिई रोजागरीमा जान नपाएका व्यक्तिलाई लक्षित गरी रोजागरीका कार्यक्रम ल्याइएको बताउनुभयो ।
उहाले श्रमिक सूचना बैंक इकाई निर्माण गरी सबै स्थानीय तहमा रहेका रोजगार केन्द्रलाई जोडने बताउनुभयो । उहाँले विदेशबाट फर्कने व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य क्षेत्रगत मन्त्रालयसँग समन्वय गर्ने र वित्तीय सहयोग उपलब्ध गराई स्वरोजगार बन्ने अवसर प्रदान गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

Spread the love