भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक

माघ ४,काठमाडौं ।  लक्ष्मी ई मोबिलिटी (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ ।

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटीले बिक्री प्रारम्भ गरेको हो । हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । इलेक्ट्रिक स्कुटर एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने भएकाले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने कम्पनीले जनाएको छ ।

काठमाडौंको टेकुस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण हुने कम्पनीले जानकारी दिएको छ। इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिँदै कम्पनीले इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

Spread the love