माघ ४,काठमाडौं । भिभोले ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२३ई सार्वजिनक गरेको छ।

जम्मा ७.३६ मिलिमिटर मोटाइ भएको नयाँ भी२३ ई निकै पातलो र हलुका रहेको र यसमा अत्याधुनिक उत्पादन प्रक्रियाबाट निर्मित नयाँ डिजाइन तथा २.५ डी को पातलो फ्रेम राखिएको जनाइएको छ । भी२३ई मूनलाइट श्याडो एडिशनमा नानोस्केल प्रोसेसेङ सिर्जना गर्ने नवीन सेरामिक फिल्म कोटिङ रहेको दावी गरिएको छ जसले अझ गहन भव्यता र कलासिक छनक प्रस्तुत गर्दछ। यसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४४, ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको मूल्य ४९, ९९९ रुपैयाँ तोकिएको छ।
डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल-भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियो फिचरका कारण यसको फोटो/भिडियो खिच्ने शूटिङ एक्सपेरियन्समा पनि निकै सुधार ल्याइएको भिभोले जनाएको छ ।

Latest posts by Business TV Nepal (see all)
- पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै - June 27, 2022
- वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने - June 26, 2022
- आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा - June 26, 2022
Comment here