पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग प्रदेश सरकार आफैले बनाउने भएको छ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो सुरुङमार्ग प्रदेश सरकारले नै बनाउन लागेको जानकारी दिएका हुन् । सन २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम गरेको थिएन् ।
सुरुङमार्ग निर्माणको लागि प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु पा“च करोड बजेट छुट्याइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको परियोजनाअन्तर्गत राखेर अति महत्वका साथका साथ निर्माण अगाडि बढाइने प्रदेश सरकारले जनाएको छ ।
पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसग २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम गर्न नसक्ने स्पष्ट भएकाल एनपीबीबीसीएलको सम्झौता खारेजीका लागि केन्द्र सरकारसंग प्रदेश सरकारले अनुरोध गरेको छ । एनपीबीबीसीएलको प्रस्तावअनुसार काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेन सडकसहितको डिजाइन तयार पारिएको छ । उक्त सुरुङमार्गबाट हेटौंडा पुग्न एक घण्टा मात्रै लाग्ने अनुमान थियो । २०६९ सालमा शिलान्यास भएको सुरुङ निर्माण गर्न शुरुमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो । तर, अब यो लागत ५० अर्ब पुग्न सक्ने अनुमान कम्पनीको छ । कम्पनीले अहिलेसम्म आर्थिक स्रोत जुटाउन सकेको छैन । आर्थिक स्रोतको आधार नै पेश गर्न नसकेपछि आयोजना निर्माण अन्योलमा रहदै आएको छ ।

Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here