मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

Nepalstock exchange

मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको कारोबार भएको छ । आज १७७ कम्पनीको मूल्य बढ्दा ६० वटाको भने मूल्य घटेको छ ।

सबैभन्दा बढी कमाउने ५ कम्पनीहरुमा उपकार वित्तिय संस्था लिमिटेड, सिकलेस हाइड्रोपावर लिमिटेड, थ्रि स्टार हाइड्रोपावर लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र न्यादि हाइड्रोपावर लिमिटेड रहेका छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा डोल्टी पावर कम्पनी लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक, एन आइ सी एसिया ब्यालेन्स फन्ड , भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र कुमारी इक्युटि फन्ड रहेको छ ।

Spread the love