मंगलबार प्रतितोला ६ सयले बढ्यो सुन, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको सुन आज ६ सय रुपंैयाँले बढि १ लाख७० हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदीे आज ३० रुपैयाले घटेको हो । जसले गर्दा आजचाँदी १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ ।

Spread the love