मंगलबार सुनको मुल्य तोलामा १ सयले वृद्धि ,चाँदीको मुल्य स्थिर

माघ ४ ,काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा १ सयले वृद्धि भएको छ । सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९२ हजार ६ सयमा कारोवार भइरहेको छ । मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सयमा कारोवार भइरहेको छ ।

मंगलबार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमबार प्रतितोला १ हजार २ सय ५५ रुपैँयामा कारोवार भएको चाँदीको मुल्य मंगलबार पनि प्रतितोला १ हजार २ सय ५५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love

Comment here