मंगलवार नेप्से परिसूचक समान्य अंकले घटेको छ । सोमवार २१.२९ अंक बढेको नेप्सेपरिसूचक मंगलवार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ इण्डेक्स ०.४० अंकले घटेको छ ।
मंगलवार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ । सोमवार ९४ करोड बराबरको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ ।
मंगलवार सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ४.५८ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ । तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८.५६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा मंगलवार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here