प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठकले केही बेरमा राष्ट्र बैंकका अठारौं गभर्नर नियुक्त गर्नेछ । अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेलको नाम एक नम्बरमा भएको र उनको नाममा सत्ता साझेदार कांग्रेस र एमालेबीच पनि सहमति भइसकेको छ ।
मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेल सहित तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो ।
