महालेखाबाट औल्याइएका बेरुजुहरु फछर्यौट गर्न आवश्यक : मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले मन्त्रालयका कार्यक्षेत्र भित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयस्तरी विकास समस्या समाधान समितिको बैठकमा उनले कार्य सम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्न आवश्यक रहेको बताए ।
त्यस्तै उनले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तरीय कायम गर्न निर्माणपूर्व र निर्माणको क्रममा प्रयोग हुने सामाग्री लगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।

Spread the love