विज्ञानमा महिलाको पहुँच बढाउने उद्देश्यसहित नेपाली महिला बैज्ञानिकहरु संगठित भएका छन् । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)सँग आबद्ध महिला बैज्ञानिकहरुले मंगलबार ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा ‘महिला बैज्ञानिक फोरम’ नेपालको गठन भएको घोषणा गरेका हुन् । नाष्टको भगिनि संस्थाको रुपमा गठन भएको फोरमले महिला बैज्ञानिकहरुलाई सक्रिय अनुशन्धानमा थप प्रभावकारी बनाउँदै उत्पादनशिल बनाउन सहयोग पु¥याउने महिला बैज्ञानिकहरुले बताएका छन् । महिला बैज्ञानिक ज्योती गिरीले विज्ञानको क्षेत्र, मेडिकल साइन्सको क्षेत्र र इन्जिनियरिङ क्षेत्रमा भएका महिलाहरुलाई एकिकृत गरी उर्वरशिल, उत्साहजनक, उत्पादनशिल रुपमा देशलाई योगदान दिन महिला बैज्ञानिक फोरमले सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रममा देशको समृद्धिमा महिला बैज्ञानिकको भूमिकाका विषयमा छलफल भएको थियो । त्यस्तै फोरमले सिनियर महिला बैज्ञानिक र आउँदै गरेका महिला बैज्ञानिकको बीचमा समन्वय गराई अनुशन्धानलाई थप प्रभावकारी बनाउने र नयाँ पुस्तालाई आकर्षित गर्न सहयोग पु¥याउने विश्वास महिला बैज्ञानिकहरुले गरेका छन् ।