काठमाडौं । गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठले, ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले सबल, साझा र एकतावद्ध एनआरएनए बनाउँने प्रमुख उद्देश्य र प्राथमिकतासहित ५ रणनीति र २५ योजनासमेत सार्वजनिक गरेका छन् ।
उनले २ वर्षको कार्यकालका लागि तयार गरिएको ठोस कार्ययोजनाहरुलाई समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘सबल, साझा र एकतावद्ध एनआरएनए परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउँने मेरो प्रमुख उद्देश्य र प्राथमिकता हुनेछ । म पद र प्रतिष्ठाभन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुदैँ आएको छु । आगामी २ वर्षको कार्यकालमा मैले गर्ने कामलाई ५ नीतिगत प्राथमिकतामा विभाजन गरि ठोस कार्ययोजनाहरु प्रस्तुत गरेको छु । यी कार्ययोजनाहरु समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । ’
एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौंमा हुने मिति तय गरिएको छ ।
श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, विदेशमा रहेका नेपाली श्रमिकहरुको अधिकार, नेपालको समृद्धि र विकासमा गैर आवासीयनेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गरेका हुन् ।
कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन् । जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सिइओ, तोनानकम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड साथै सिटी ट्राभल एन्ड टुर कम्पनीमा उनी निर्देशक रहेका छन् ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here