मानविय त्रुटिका कारण चेपाङ वस्तीमा घर जलेको वन मन्त्रीको भनाइ

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानविय त्रुटि हुन जादा चितवनको कुसुम खोलामा घटना घटेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानविय त्रुटिका कारण चेपाङ वस्तीमा घर जलेको बताउनुभएको हो । मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ वस्तिमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उहाँले बताउनुभयो । भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारिले हात्ति लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानविय भएको समेत मन्त्री बस्नेतले बताउनुभएको हो । उहाँले घटना छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराउनुभयो ।

मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ति ढाकछोप नगरिने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफु गम्भिर रहेको बताउनुभयो । समितिले भने घटनालाई संवेदनशिल भई छानविन गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ । बैठकका निर्णय सुनाउँदै समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो खालको घटना दोहोरिन नदिन र दोषिमाथि हदै सम्मको सजाय दिई पिडित पक्षलाई उचित क्षतिपूर्तिको न्यायोचित व्यवस्था गर्न निर्देशन दिनुभयो ।

समितिले समाजिक वञ्चितिकरणमा रहेका र निकुन्जलाई नै आफ्नो जिविको पार्जनको आधार बनाउदै आएका निकुन्ज वरपर बस्ने बसोबासीहरुको व्यवस्थापन ६ महिना भित्र गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

Spread the love