शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा खाना खुवाउने अभियान जारी छ । लक डाउनका कारण नागार्जुन नगरपालिका र महानगरको वडा नम्बर १६ मा खाना नपाएका नागरिकहरुलाई खाना खुवाउने अभियान जारी रहेको छ । स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पु¥याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताउनुभयो ।

नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरक्षेत्रका १० वटै वडामा पहिलो चरणमा खाद्य सामग्री वितरण गरिएपनि दैनिक राहत बाड्न समस्या भएकाले अहिले मेसबाट खाना खुवाइरहेको बताउनुभयो । सानो भ¥याङ लगायतका ठाउमा बेलुकीको समयमा पनि खाना खुवाइरहेको उहाले बताउनुभयो ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले लक डाउन गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र विभिन्न शहरमा कोठामा भाडामा बस्ने विद्यार्थीहरु समस्यामा परेका छन् । विभिन्न स्थानीय तहहरुले अहिले आफ्नो क्षेत्रमा रहेका नागरिकहरुलाई राहत वितरण गरिरहेका छन् ।

Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here