पुष २९,काठमाडौं । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) अनोज रिमालले र यूएनडीपीको तर्फबाट नेपाल प्रमुख आइसाने लावेले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा बोल्दै यति एयरलाइन्सका सिईओ रिमालले यूएनडिपीसँग सन् २०१७ साल देखि नेपालमा मौसम परिर्वतन सम्बन्धी,स्वास्थ्य ,शिक्षा र पर्यटन क्षेत्रमा काम गदै आएको बताउनु भयो ।
उहाँले यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्दै आएको बताउनु भयो । सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक,विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने सिईओ रिमालले बताउनुभयो । उहाँले पहिले देखि गर्दै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको बताउनु भयो ।

त्यस्तै,यूएनडीपीका नेपाल प्रमुख आइसाने लावेले यति एयरलाइन्ससँगको सम्झौता नयाँ नभएको बताउनु भयो । उहाँले विगत सन् २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । कार्वन उत्सर्जन कम गर्न वातावरणको दीगो संरक्षण र विकाशमा यो सम्झौताले महत्वपूर्ण काम गर्ने बताउनु भयो । प्रमुख लावेले यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी व्यक्त गर्नु हो ।
उहाँले सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको बताउनुभयो । प्रमुख लावेले भन्नुभयो,‘ यति एयरलाइन्ससँगको सम्झौता नयाँ होइन । सन् २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा सहकार्य गर्दै काम गरिरहेका छौं ।यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी लागेको छ । यो सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको हो।’)
यति एयरलाइन्सले कोरोना महामारी भन्दा अगाडि एक हवाइ यात्रु एक विरुवा रोप्ने अभियान समेत गर्दै आएको थियो । तर यो अभियान कोरोना महामारीको कारणले रोकिएको छ । एयरलान्सले अहिलेसम्म २ लाख ७३ हजार भन्दा बढी विरुवा विभिन्न ठाँउमा रोपेको एयरलाइन्सले बताएको छ ।
Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here