काठमाडौं । नीलकमल ह्युमन रिसोर्स प्रा. लि.८१४ जना कामदार वैदेशिक रोजगारीमा पठाएर पुष महिनाको उत्कृष्ठ मेनपावर बन्न सफल भएको छ । वैदेशिक रोजगार विभागका अनुसार नीलकमल ह्युमन रिसोर्स प्रा. लि ले.पुष महिनामा ८१४जना कामदार वैदेशिक रोजगारीमा पठाएको हो । यस आ.ब. को सुरुदेखि नै नीलकमल ह्युमन रिसोर्स प्रा. लि ले अग्र्र स्थान कायम गर्दै आएको छ । नीलकम लह्युमन रिसोर्स प्रा. लि का संचालक वदेशिक रोजगार व्यवसायी संघका महासचिव समेत रहेका छन् ।
एसओएस म्यानपावर सर्भिस प्रा. लि.७६२ जना कामदार वैदेशिक रोजगारीमा पठाएर पुष महिनाको उत्कृष्ठ दोस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै प्याराडाइज इन्टरनेसनल प्रा. लि.ले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । प्याराडाइज इन्टरनेसनल प्रा. लि.ले पुष महिनामा ७०१ ज्ना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।
त्यस्तै लुलु इन्टरनेसनल प्रा. लि.ले ६४२ जना कामदार वैदेशिक रोजगारीमा पठाएर चौथो स्थानमा परेको छ । पाचौं स्थानमा परेको छ ओशो रिक्रुटमेन्ट प्रा. लि. जसले ४२० जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ । छैठौं, सातौं, आठौं स्थानमा परेका छन् ः लिंक इन्टरनेसनल प्रा. लि., भिजन एन्ड भ्याल्यु ओभरसिज प्रा. लि.र द रिभर ओभरसिज प्रा. लि., । यी मेनपावरहरुले क्रमशः–३४२, ३३३ र ३०० जना कामदार वैदेशिक रोजगारीमा पठाएका छन् ।
२८७ जना कामदार वैदेशिक रोजगारीमा पठाएर एयर किंग्स प्लेसमेन्ट प्रा. लि. ले नवौं स्थान हासिल गरेको छ भने दशौं स्थानमा पाइला टेक्न सफल भएको छ इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि. । इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.ल. गत पुष महिनामा २८४ जनाकामदार वैदेशिक रोजगारीमा पठाउन सफल भएको छ ।
कतिपय मेनपावर कम्पनीहरुले एक वर्षमा पनि १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेको अवस्था विद्यमान छ भने वैदेशिक रोजगार विभागको विवरण अनुसार पुस महिना सकिदा सम्म पनि ५० जना कामदार पनि वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर कम्पनीको संख्या धेरै नै रहेको छ ।