काठमाडौं । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।
सन् २०२६ को अन्त्य सम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रिय हितसँग मेल नखाने कार्यप्रवृत्ति अपनाएको आरोप लगाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’नीति अन्तर्गत अमेरिकाको राष्ट्रिय हित अनुसार गरेको दाबी गरेको छ ।