काठमाडौं । नेपाली काग्रेसका नेताडा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।
शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन कार्यक्रममा बोल्दै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तर कांग्रेस नै आवश्यकन भएको पनि बताए ।
उनले नकारात्मक कुरालाई मात्र लिएर अघि बढ्दा सबै कुरा हराउँदै जाने उल्लेख गर्दै विदेश पलायनलाई न्यूनीकरण गर्नुपर्ने औंल्याए ।
‘रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस नै चाँहिदैन । तर उचित कार्ययोजना चाहीं चाहिन्छ,’उनले भने । सरकारसँग पैसा नभएर कृषकको लागि अनुदान नआएको उल्लेख गर्दै उनले नेपालमा उत्पादित कृषि जन्य बस्तु विदेश निर्यात गर्नुपर्नेमा जोड दिए ।