यो हो साउन महिनाको उत्कृष्ट म्यानपावर

 

गत साउन महिनामा सपोर्ट ह्युमन रिसोर्स प्रा.लि सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाउन सफल भएको छ । कामदार वैदेशिक रोजगारीमा पठाउने कम्पनीमध्ये साउन महिनामा मात्र ५०४ कामदार पठाएर सपोर्ट ह्युमन रिसोर्स उत्कृष्ट हुन सफल भएको हो । सपोर्ट ह्युमन रिसोर्स प्रा.लि ले गत साउन महिनामा मात्र ५०४ जना कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाएको छ । सपोर्ट ह्युमन रिसोर्स बाट वैदेशिक रोजगारीमा जानेमध्ये ४२४ जना पुरुष रहेका छन् भने ८० जना महिला कामदार रहेका छन् । कतिपय म्यानपावर कम्पनीले गत वर्ष १०० जना कामदार पनि वैदेशिक रोजगारीमा पठाउन नसकेर नवीकरणको प्रकृयामा रहेको बेला सपोर्ट ह्युमन रिसोर्सले भने ५०४ कामदार वैदेशिक रोजगारीमा पठाएको हो ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिने कार्य अगाडि बढाएका हुन् । चालु आर्थिक वर्षको पहिलो महिनामा २५५०७ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये पुरुषको सङ्ख्या २२२८५ र महिलाको सङ्ख्या ३२२२ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Spread the love
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको प्रमुख चुनौती रोजगारी रहेको बताएका छन्। शुक्रबार काठमाडौँको बसुन्धरामा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन्। कार्यक्रममा थापाले नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका नवनिर्वाचित अध्यक्ष भुवन सिंह गुरुङ लगायतका पदाधिकारी र सदस्यहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गरे । उनले निर्वाचनको प्रक्रिया समाप्त भइसकेकोले अब समग्र व्यवसायीहरुलाई समेटेर लैजान अध्यक्ष गुरुङलाई सुझाव दिए । उनले वैदेशिक रोजगार व्यवसायीलाई मर्यादित बनाउनुपर्ने र सँगसँगै नाफा पनि आर्जन गर्नुपर्ने चुनौती रहेको बताए । थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था रहेको बताएका छन् । उनले पूँजीवादी आर्थिक व्यवस्थाभित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् । उनले निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने बताए । ‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पूँजीवादी अर्थ व्यवस्था भित्र विचौलियाको ठाउँ हुदैन,’उनले भने ।